रास्वपाको सचिवालय बैठक बस्दै
बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ।
काठमाडौं, असोज २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ।
बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ।
असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: १०:४१ बजे, शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार