Kathmandu Press

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको हो।
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, असोज २४ : नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको हो। 

बैठकमा सहभागीहरुले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राख्दै आएका छन्।

त्यस्तै, आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि छलफल गरिनेछ।

प्रकाशित मिति: १०:३८ बजे, शुक्रबार, असोज २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्