Kathmandu Press

बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र गतिमा भइरहेका छन्।
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी

काभ्रे, असोज २४ : असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र गतिमा भइरहेका छन्।

‘डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायातका साधन सञ्चालन हुने अपेक्षा गरिएको छ’, उनले भने।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निर्माणस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि रातभर सडक विभागका इञ्जिनियर र प्राविधिक टोलीहरू फिल्डमै खटिएर काम गरेका थिए।

रोशी खोलाको बाढीले राजमार्गको काभ्रे खण्डमा १४ ठाउँमा र सिन्धुली खण्डमा दुई ठाउँमा सडक बगाएको थियो। ती सबै स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालनको तयारी गरिएको सडक विभागले जनाएको छ।

बिपी राजमार्गलाई काठमाडौंबाट पूर्व जाने लाइफलाइन राजमार्गको रुपमा लिइन्छ। सो सडक अवरुद्ध हुँदा काभ्रे, रामेछाप, सिन्धुली हुँदै पूर्व जाने यातायात साधन अरनिको राजमार्गबाट दोलखा घुमेर गइरहेका छन्।

 

प्रकाशित मिति: १०:१८ बजे, शुक्रबार, असोज २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्