Kathmandu Press

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

आयोगको विहीबार बसेको बैठकले कुनै पनि अपराधको जाहेरी लिएर अनुसन्धान अघि बढाउने कार्य आयोगको नभएको निश्कर्ष निकालेको छ।
पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

काठमाडौं, असोज २३ : जेन–जी आन्दोलनमा भएको क्षतिबारे जाँचबुझ गर्न गठित न्यायिक जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्धको जाहेरीमा प्रहरीले नै विस्तृत अनुसन्धान गरी कारबाही चलाउनुपर्ने बताएको छ।

आयोगको विहीबार बसेको बैठकले कुनै पनि अपराधको जाहेरी लिएर अनुसन्धान अघि बढाउने कार्य आयोगको नभएको निश्कर्ष निकालेको छ। 

Hardik ivf

उक्त निश्कर्षसहित आयोगले ओली र लेखकविरुद्धका जाहेरीमा अनुसन्धानका लागि प्रहरीमै फिर्ता पठाएको छ । प्रहरीले मंगलबार सहिद परिवारका तर्फबाट पेश भएको जाहेरी आयोगमा पठाइदिएको थियो।

आयोगको बैठकपछि सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रहरीबाट आएको जाहेरी प्रहरीमै फिर्ता पठाइएको जनाइएको छ। 

‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन । फौजदारी कसुरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानुनले अख्तियारी प्रदान गरेको विदितै छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तिको प्रतिलिपिसाथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने।’

 

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, असोज २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्