Kathmandu Press

चार जना डीआईजीलाई एआईजीमा बढुवाको निर्णय

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका छन्।
चार जना डीआईजीलाई एआईजीमा बढुवाको निर्णय

काठमाडौं, असोज २३ : मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो। गत असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो। 

बैठकको निर्णय अनुसार प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका छन्। 

चारै जना डीआईजीको बरियतामा अगाडि थिए। बढुवा समितिले पनि बरियता अनुसार नै बढुवा गर्न सिफारिस गरेको थियो । 

उनीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका हुन्। 

 

प्रकाशित मिति: २०:२४ बजे, बिहीबार, असोज २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्