Kathmandu Press

बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए।
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

काभ्रे, असोज २३ : गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।

बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ।

बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए।

Hardik ivf

सकेसम्म आज रातभर काम गरेर राति नै सडक खुलाउने नभए पनि भोलि दिउँसोसम्म सडक खुल्ने उनले बताए। ‘हामीले पर्सिसम्म सक्ने लक्ष राखेका थियौँ, अब सडक भोलि नै खुल्छ, भोलि बिहानबाट खुल्छ वा दिउँसो खुल्छ त्यति मात्र हो, सडक भोलि नै खुल्छ’, उनले भने।

सो सडकको सिन्धुलीतर्फ नेपालथोक र वर्षे खोलामा रोशीले कटान गरेको करिब एक किलोमिटर सडकमा डाइभर्सन निर्माणको काम सकिएको छ।

सिन्धुली खण्डमा काम सकेपछि उपकरणसहितको टोली काभ्रेको माम्ति पुगेको र त्यहाँ डाइभर्सन निर्माणको काम सुरु गएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिए। 

सिन्धुलीको टिमले एक्लै काम गर्दा माम्तिमा डाइभर्सन बनाउन भोलि दिनभरि लाग्ने भएपनि काभ्रेबाट आएको उपकरण सहितको टोलीले समेत काम गर्दा छिटो काम सकिने प्राविधिक टोलीले बताएको छ।

रोशी खोलमा आएको बाढीले गत वर्ष पनि बिपी राजमार्गमा ठुलो क्षति गरेको थियो। यस वर्ष गतवर्ष बगाएपछि बनाएको अस्थायी डाइभर्सनका साथै थप सडकमा समेत क्षति पु¥याएको छ।

 

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, असोज २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्