Kathmandu Press

आगामी मंसिरमा कांग्रेसको नियमित महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव

विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री थापाले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रश्ताव गरेका हुन्।
आगामी मंसिरमा कांग्रेसको नियमित महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। 

सानेपास्थित पार्टी कार्यालयमा अहिले काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको छ। विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री थापाले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रश्ताव गरेका हुन्। 

महामन्त्री थपा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन अभियान समेत चलाएका थिए । महामन्त्री थापाले बोल्नेक्रममा नियमित महाधिवेशनको प्रस्ताव राखेका हुन्। 

थापाले केन्द्रीय समितिको बैठकपछि एकहप्ताभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन सकिने भनाई समेत राखेका छन्।

सानेपामा जारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीहरू बद्री पाण्डे, महेन्द्र यादव, उमाकान्त चौधरी र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले धारणा राखेका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक जारी छ। 

 

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, असोज २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्