गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुबीच सिंहदरबारमा छलफल
छलफलमा विहीबारको जेनजी प्रर्दशन, सुरक्षा चुनौती, नेताहरूबाट आएका अभिव्यक्ति, जेनजी आन्दोलनपछि नेतालगायत विभिन्न व्यक्तिविरुद्ध पेश भएका जाहेरी लगायत बिषय केन्द्रीत रहेको बताइएको छ।
काठमाडौं, असोज २३ : गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुलाई गृह मन्त्रालयमा डाकेर छलफल गरेका छन्।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमखु टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।
छलफलमा विहीबारको जेनजी प्रर्दशन, सुरक्षा चुनौती, नेताहरूबाट आएका अभिव्यक्ति, जेनजी आन्दोलनपछि नेतालगायत विभिन्न व्यक्तिविरुद्ध पेश भएका जाहेरी लगायत बिषय केन्द्रीत रहेको बताइएको छ।
छलफलकाक्रममा नेताहरूले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले सुरक्षामा चुनौती थपिन सक्ने भनाई सुरक्षा प्रमुखबाट आएको थियो । यसअतिरिक्त चुनावी सुरक्षाका बारेमा पनि छलफल भएको जनाइएको छ।
दुर्गा प्रसाईं समूहले गर्ने भनिएको आन्दोलन, बाढीपहिरो, विपद् उद्धारको बारेमा पनि छलफल भएको बताइएको छ।