Kathmandu Press

कार्की आयोगको प्रतिवेदन नमान्ने पूर्व प्रधानमन्त्री केपी ओलीको घोषणा

कार्की नेतृत्वको आयोग र त्यसले तयार पार्ने प्रतिवेदन आफुलाई मान्य नहुने उनको भनाई छ । उनले कार्की आयोग पुर्वाग्रही रहेको पनि बताए।
कार्की आयोगको प्रतिवेदन नमान्ने पूर्व प्रधानमन्त्री केपी ओलीको घोषणा

काठमाडौं, असोज २३ : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन नमान्ने घोषणा गरेका छन्।

भक्तपुरको गुन्डुमा विहीबार आयोजित कार्यक्रममा ओलीले उक्त घोषणा गरेका हुन्। कार्की नेतृत्वको आयोग र त्यसले तयार पार्ने प्रतिवेदन आफुलाई मान्य नहुने उनको भनाई छ ।  उनले कार्की आयोग पुर्वाग्रही रहेको पनि बताए। 

‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने, यस्ता नाटक नेकपा एमालेलाई स्वीकार्य छैन,’ एमाले अध्यक्ष ओलीले भने । 

सरकारले २३ भदौको जेनजी विद्रोहमाथि सरकारी दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । जेनजी विद्रोहका क्रममा कार्कीले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले नेताहरुले असन्तुष्टि जनाइरहेका छन्।

‘तर तपाईंहरुले बुझ्नुस् नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनकि आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथियो । एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ ?’ ओलीले भने ।

 

प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, असोज २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्