पत्रकारप्रति रुष्ट भएका नेता बस्नेत भने- गुण्डुको अपव्याख्या गर्ने काम स्वीकार्य छैन
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भक्तपुरको विकास सम्भव भएको भन्दै गुण्डुले ओली आभार व्यक्त गर्ने बताए।
काठमाडौं, असोज २३ : नेकपा एमालेमा नेता महेश बस्नेतले गुण्डुको अपभं्रश गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ, राजिव खत्रीप्रति घृणा प्रकट गरेका छन्।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पात्रहरु गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरुप्रति खेद प्रकट गरेका हुन्।
‘हाम्रो अध्यक्षज्यूको घर जलाइयो। केही समय नेपाली सेनाले सुरक्षा गर्ने भन्ने बहानामा उहाँलाई राखियो। त्यसपछि उहाँ कहाँ जाने भन्ने थियो। गुण्डुबासीले उहाँलाई स्वागत गर्नुभयो । गुण्डुलाई कतिपय साथीहरु अपभ्रंश गरेका छन्। जनआस्थाका किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पत्रकारहरुले गुण्डुको फरक ढङ्गले व्याख्या गरेर यसको अपव्याख्या गरेका छन्। म ति पात्रलगायत जसले गुण्डुको अपव्याख्या गरे तिनीहरुप्रति म घृणा प्रकट गर्दछु। खेद प्रकट गर्न चाहन्छु,’ उनले भने।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भक्तपुरको विकास सम्भव भएको भन्दै गुण्डुले ओली आभार व्यक्त गर्ने बताए।
‘उहाँ दुई पटक प्रधानमन्त्री भएको बेलामा गुण्डुका सम्पूर्ण ठुला रोडहरु निर्माण भएका हुन् । गुण्डुको मात्र होइन, ददिकोटमा पनि भएको छ । सिपाकोटमा पनि भएको छ,’ उनले भने।












