Kathmandu Press

शंकर पोखरेलको प्रश्न- केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र?

महासचिव पोखरेलले भदौ २३ गतेको घटनामा अध्यक्ष आफै बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको कु–प्रचार गरेर केपी शर्मा ओलीमाथि हमला गर्ने प्रयास गरेको बताए।
शंकर पोखरेलको प्रश्न- केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र?

काठमाडौं, असोज २३ : नेकपा एमालेका महासचिव शंखर पोखरेलले सुशीला कार्कीको नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन्।

विहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभइ प्रतिशोधनको परम्परा भएको बताए।

Hardik ivf

‘सुशीला कार्कीको नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको छ । गृहमन्त्रीको निर्देशन नेपाली परम्परा अनुसार छैन् । प्रतिशोधनको परम्परा हो भन्ने कुरा हामीले बुझ्नु पर्छ,’ उनले भने।

महासचिव पोखरेलले भदौ २३ गतेको घटनामा अध्यक्ष आफै बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको कु–प्रचार गरेर केपी शर्मा ओलीमाथि हमला गर्ने प्रयास गरेको बताए।

‘केपी ओलीमाथि निरन्तर हमला भइरहेको छ। भदौ २३ गतेको घटनामा अध्यक्ष आफैं बानेश्वर गएर हतियार चलाएको जस्तो प्रकारको प्रचार गर्ने कु–प्रयासहरु भइरहेको छ । नेपालको इतिहासको विभिन्न कालखण्डहरुमा राज्य र विद्रोहीहरुको बीचमा लडाई भएको समयमा, मानवीय क्षति भएको बेला कहिले कुन प्रधानमन्त्री दण्डित भएको छ ? आज हाम्रो समाजमा जुन प्रकारको घृणाको राजनीति भइरहेको छ, त्यो हाम्रो परम्परा हो ?,’ उनले भने।

उनले गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैँनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइरहेको भन्दै उनी साच्चिनै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधान र कानून अन्तरगत अगाडि बढ्न सक्नुपर्ने बताए।
 
‘गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैँनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइ रहेको छ। उनी साच्चिनै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधान अन्तरगत, कानून अन्तरगत अगाडि बढ्न सक्नुपर्छ। शान्ति सुरक्षा गृहमन्त्रीको पहिलो प्राथमिकता र कर्तव्य हुनुपर्छ,’ उनले भने।

 

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, असोज २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्