कांग्रेस पदाधिकारी बैठक सुरु
उपसभापति खड्काको अध्यक्षतामा कांग्रेसका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ।
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
उपसभापति खड्काको अध्यक्षतामा कांग्रेसका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ।
बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि केही ढिलो गरी सुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य लाभ गरिरहेका कारण बैठकमा अनुपस्थित भएका छन्।
पदाधिकारी बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।
कांग्रेस बैठकमा पदाधिकारी बाहेक नेता डा.शेखर कोइराला पनि सहभागी छन्।
प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

