अनुमति नलिइ प्रदर्शन गर्ने जेनजी समूहका डा.निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ पक्राउ
अनुमती नलिई प्रदर्शन गर्न माइतीघर पुगेका उनीहरुलाई पक्राउ गरी हिरासतमा लिइएको छ। प्रहरीले माइतीघर, नयाँ बानेश्वरलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।काठमाडौं, असोज २३ : माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन–जीका विभिन्न समूहका १४ जना पक्राउ परेका छन्।
जेन–जी समूहका डा.निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जना पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति दिएको थिएन।
अनुमती नलिई प्रदर्शन गर्न माइतीघर पुगेका उनीहरुलाई पक्राउ गरी हिरासतमा लिइएको छ। प्रहरीले माइतीघर, नयाँ बानेश्वरलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
काठमाडौंका विभिन्न स्थानमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












