नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा उपस्थित नहुने, उपसभापति खड्काले अध्यक्षता गर्ने
सभापति देउवाको अनुपस्थितिमा बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने छन्।-1755524277.jpg)
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन्। बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने छ।
तर, आफैंले बोलाएको बैठकमा सभापति देउवा उपस्थित हुने छैनन्। जेनजी आन्दोलनका क्रममा घाइते भएका सभापति देउवा अहिले स्वास्थ्य लाभ गरिरहेकाले बैठकमा उपस्थित नभएका हुन्।
सभापति देउवाको अनुपस्थितिमा बैठकको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्ने छन्।
पदाधिकारी बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १०:०० बजे, बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












