Kathmandu Press

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए।
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

काभ्रे, असोज २३ : असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ।

बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए।

बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने बताए।

बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ।

प्रकाशित मिति: ०८:३१ बजे, बिहीबार, असोज २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्