Kathmandu Press

पोखरामा मुस्ताङदेखि च्यांग्रा भित्र्याउँदै [फाेटाे फिचर]

चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्यांग्रा पोखरा भित्र्याउँदै क्रम पनि तीव्र भएको छ।
पोखरामा मुस्ताङदेखि च्यांग्रा भित्र्याउँदै [फाेटाे फिचर]

कास्की, असोज १० : दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ। 

चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्यांग्रा पोखरा भित्र्याउँदै क्रम पनि तीव्र भएको छ।

मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन्। दशैंमा च्यांग्राको मासु विशेष स्वादिष्ट मानिने भएकाले उपभोक्ताको आकर्षण पनि उत्तिकै छ।

पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तिबाट समेत दशैंको किनमेलका लागि मानिसहरू पोखरा झर्ने गर्दछन्। यसरी मुस्ताङबाट च्यांग्रा भित्र्याउँदै हरिचोकदेखि यम्दी क्षेत्रसम्म पोखरामा दशैंको पूर्ण रौनक देखिएको छ।

Photo-(5)-1758871554.JPG

Photo-(3)-1758871544.JPG

Photo-(8)-1758871572.JPG

Photo-(4)-1758871543.JPG

Photo-(1)-1758871541.JPG

Photo-(6)-1758871554.JPG

Photo-(2)-1758871541.JPG

Photo-(7)-1758871573.JPG

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, असोज १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्