Kathmandu Press

स्वास्थ्यकर्मीको सहयोगमा जुटे शाहरुख खान

काठमाडौं, जेठ २ : भारतमा कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि बलिउड अभिनेता शाहरुख खानले पनि पुनः सहयोग हात बढाएका छन्। यस पटक उनी मीर फाउन्डेसनको माध्यम....

स्वास्थ्यकर्मीको सहयोगमा जुटे शाहरुख खान

काठमाडौं, जेठ २ : भारतमा कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि बलिउड अभिनेता शाहरुख खानले पनि पुनः सहयोग हात बढाएका छन्। यस पटक उनी मीर फाउन्डेसनको माध्यमबाट सहयोग गर्न लागेका हुन्।

उनले ट्वीट गर्दै स्वास्थ्यकर्मीलाई सहयोग गर्न लागेको जनाएका छन्। ‘कोरोना भाइरससँगको लडाइँमा नेतृत्व गरिरहेका साहसी स्वास्थ्यकर्मी र चिकित्सकहरुको लागि पीपीई सहयोग गरेर समर्थन गर्न सक्छौं। थोरै मद्दतले ठूलो काम हुनसक्छ,’ उनले भनेका छन्।

Hardik ivf

उनले मीर फाउन्डेसनको लिंक पनि सेयर गरेका छन्। यस अभियानमा आवद्ध भई सबैले सहयोग गर्न सकिने जनाएका छन्। यस अभियानमार्फत पीपीई उपलब्ध गराउन सहकार्य गरिने भएको छ।

यसैबीच डब्लुएचओका महानिर्देशक टेड्रोसले ट्वीट गर्दै डब्लुएचओ र ग्लोबल सिटिजनसँग हातेमालो गरेकोमा  उनलाई धन्यवाद दिएका छन्। यसअघि पनि उनले विभिन्न माध्यमबाट सहयोग गरेका थिए।

उनले स्वास्थ्यकर्मीका लागि २५ हजार पीपीई किट्स तथा, कोराना क्वारेन्टाइनका लागि आफ्नो अफिस दिएका थिए। उनकी पत्नी गौरी खानले पनि विपन्न तथा मजदुरलाई खाना खुवाउँदै आएकी छन्।

 

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, जेठ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्