Kathmandu Press

नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको हो : कमल थापा

‘भ्रष्ट व्यवस्था र शासनविरुद्ध जनमत बटुल्न जेनजी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ र, राप्रपा नेपाल मात्र यस्तो पार्टी हो जसले सबैभन्दा पहिले यो आन्दोलनलाई खुलेर समर्थन र सघाएको हो,’ उनले भने।
नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको हो : कमल थापा

काठमाडौं, असोज ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२÷०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको त्यो सपना अपुरो मात्र नभई अब भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताएका हुन्।

Hardik ivf

उनले कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको उल्लेख गरे।

‘विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यवस्था र नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण ठूलो असन्तुष्टि र आक्रोश छ, ६२–६३ को आन्दोलनपछि आमुल परिवर्तन हुन्छ, नेपाली जनताको आर्थिक विकास र सम्वृद्धि हुन्छ भन्ने धेरै ठूलो सपना नेपाली जनताहरुले बोकेका थिए,’ उनले भने, ‘तर ६२–६३ आन्दोलनका अगुवा र ति राजनीतिक दलका नेताहरुको भ्रष्ट प्रवृत्तिको कारणले गर्दाखेरि नेपाली जनताको सपना अधुरो मात्रै रहेको होइन भविष्य नै अन्धकारमय हुने खतरा देखियो। खासगरी कांग्रेस, एमाले र माओवादीजस्ता पार्टीहरुप्रति जनतामा तीव्र वितृष्णा भएर जनताले परिवर्तन खोजिरहका थिए।’ 

थापाले हालसालै देशमा उठेको जेनजी आन्दोलनको सन्दर्भमा राप्रपा नेपालले खेलेको भूमिकाबारे पनि प्रष्ट पारे। 

‘भ्रष्ट व्यवस्था र शासनविरुद्ध जनमत बटुल्न जेनजी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ र, राप्रपा नेपाल मात्र यस्तो पार्टी हो जसले सबैभन्दा पहिले यो आन्दोलनलाई खुलेर समर्थन र सघाएको हो,’ उनले भने।
 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, असोज ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्