Kathmandu Press

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

भेटवार्तामा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्र, लगानी र द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको छ।
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने

काठमाडौं, असोज ९ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीवार भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटवार्तामा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्र, लगानी र द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको छ।

Hardik ivf

मन्त्री घिसिङले स्विस सरकारले दिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, हाल गठित सरकारले चुनाव, आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवामा आशा जगाउनेलाई प्राथमिकतामा राखेको बताए। 

उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत् प्रयोगलाई प्रोत्साहन, स्विस अनुभवअनुसार सडक यातायातमा सुरुङ प्रविधि अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवद्र्धन र साना उद्योगमार्फत रोजगारी सिर्जना गर्न तालिम उपलब्ध गराउन आग्रह गरे।

हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालनमा छन्। 

भेटमा राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
 

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, असोज ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्