Kathmandu Press

पुनर्निर्माणमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सरकारको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै यस्तो अपिल गरेका हुन्।
पुनर्निर्माणमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सरकारको अपिल

काठमाडौं, भदौ ९ : गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सहभागी हुन सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा अपिल गरेको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै यस्तो अपिल गरेका हुन्। घिसिङले राष्ट्रिय पुनर्निर्माण कोषमा आर्थिक सहयोगका लागि अपिल गरेका छन्। 

सरकारी निकाय, सर्वसाधारण जनतादेखि विदेशी साझेदारसम्मलाई भौतिक संरचना पुनर्निर्माण अभियानमा जोडिन अपिल गरिएका हो । मन्त्री घिसिङले पुनर्निर्माण कोष खडा भइसकेको जानकारी समेत दिएका छन्। 

अपिलमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अमूल्य योगदान गरी राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरिएको छ। 

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, असोज ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्