माओवादी केन्द्रको बैठकमा होहल्ला
माओवादी केन्द्रका नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए।-(2)-1758790878.jpg)
काठमाडौं, भदौ ९ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको होहल्ला भएको छ।
बैठकको सुरुमै होहल्ला भएको हो। माओवादी केन्द्रका नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए।
तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने भनेपछि होहल्ला भएको हो। बैठकमा प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो।
बैठकको शुरुमै होहल्ला भएपछि पत्रकारहरुलाई बाहिर निकालिएको छ। त्ससपछि बैठकमा महासचिव गुरुङले बैठकका एजेण्डा प्रस्तुत गरे।
बैठकमा विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता लगायत छलफलका विषय गुरुङले राखेका छन्।
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












