Kathmandu Press

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन : बाबुराम भट्टराई

डा.भट्टराईले निर्वाचन गर्नुपूर्व नै व्यवस्थामा केही सुधार हुनपर्ने भन्दै निर्वाचन प्रणालीमा नै क्रुटि रहेको धारणा राखे। 
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन : बाबुराम भट्टराई

काठमाडौं, असोज ९ : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन्। 

बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन्। 

Hardik ivf

देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो। प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’ उनले भने, ‘नत्र यिनै भ्रष्ट्रहरु विभिन्न ढङगले चलखेल गरी फेरी सत्तामा आउने र तपाईहरुको बलिदान खेर जाने खतरा रहन्छ।’ 

डा.भट्टराईले निर्वाचन गर्नुपूर्व नै व्यवस्थामा केही सुधार हुनपर्ने भन्दै निर्वाचन प्रणालीमा नै क्रुटि रहेको धारणा राखे। 

‘अहिले हामीले व्यवस्था नै बदल्न खोजेको त हैन तर व्यवस्थामा केही महत्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्ट्रहरु त्यहाबाट जन्मिए फेरी भ्रष्ट्रहरु जन्मन नपाउन् र तपाईहरु आफै त्यो सत्ताले भ्रष्ट्र नपावस् भन्नको निम्त केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले भने, ‘खासगरी निर्वाचन प्रणालीका जुन त्रुटि छ मैले संविधान बनाउने बेला यो संविधान आधा गिलास भरी, आधि खाली छ भनेको थिएँ । किनकी यसको शासकीय त्रुटि छ त्यसले गर्दा कसैलाई बहुमत ल्याउन दिँदैन । कुनैपनि सरकार पाचँ वर्ष टिक्न दिँदैन।’

उनले सरकारसँग वार्ता गरेर निर्वाचन हुनु अगाडि नै भ्रष्ट्रचारीहरुलाई कारवाही गर्न छानविन आयोग बनाउनुपर्ने बताए।
 

प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, असोज ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्