Kathmandu Press

नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष दाहालको प्रस्ताव आएको छ : उपमहासचिव पुन

बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए। 
नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष दाहालको प्रस्ताव आएको छ : उपमहासचिव पुन

काठमाडौं, असोज ९ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन्। 

बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए। 

Hardik ivf

‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो। म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो। सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भनिएको थियो। संयोगवस अहिले जेनजी आन्दोलनपछि समाजमा युवाहरुमा नयाँ भावना आयो,’ उनले भने, ‘अब महाधिवेशनमार्फत एउटा विधि बनाऊ, म पनि सक्ने योगदान गर्छु र समाज एवम देशलाई । पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्न चाहन्छु। त्यसका लागि एउटा विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नुभएको छ। त्यसलाई पार्टीले स्वीकारेको छ। अब ओपन छलफल गर्छ।’

त्यस्तै उनले जेनजीहरुको आन्दोलनलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताए। 
 
प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, असोज ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्