चन्द्रागिरिमा महिलाको हत्या
चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो।
काठमाडौं, असोज ९ : चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ।
चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो।
हत्या आरोपमा प्रहरीले ३२ वर्षीय सरोजलाई पक्राउ गरेको छ। थापागाउँ नै घर भएका सरोजले दाउराको चिर्पटले हानेर केसीको हत्या गरेको प्रहरीले जनाएको छ।
मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:१० बजे, बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार