Kathmandu Press

केन्द्रीय काराबाट फरार टेकनारायण पाण्डे, बेचन झा र प्रतिक थापा आफैं फर्किए 

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पाण्डे र विचौलियाको आरोप लगाइएका झा कारागारमै फर्किएका हुन्। यस्तै, एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि कारागार फर्केका छन्। 
केन्द्रीय काराबाट फरार टेकनारायण पाण्डे, बेचन झा र प्रतिक थापा आफैं फर्किए 

काठमाडौं, असोज ८ : जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका पूर्व गृह सचिव टेकनारायण पाण्डे र बेचन झा कारागार फर्केका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पाण्डे र विचौलियाको आरोप लगाइएका झा कारागारमै फर्किएका हुन्। यस्तै, एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि कारागार फर्केका छन्। 

उनीहरू गत भदौ २४ गते जेनजी आन्दोलनकाक्रममा कारागारबाट फरार भएका थिए। यसअघि भुटानी काण्डमा जोडिएका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरी कारागारमा बुझाएको थियो।

नक्कली भुटानी प्रकरणमा मुछिएका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि कारागार फर्कीसकेका छन्। जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सुन्धारा कारागारबाट उनीहरुसहित ३३ सय भन्दा बढी कैदीबन्दी फरार भएका थिए।

प्रकाशित मिति: २०:१० बजे, बुधबार, असोज ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्