Kathmandu Press

नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई ललितपुरको सानेपाबाट बुधबार पक्राउ गरेको हो।
नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ पक्राउ

काठमाडौं, असोज ८ : जेनजी आन्दोलनका क्रममा नख्खु जेलबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई ललितपुरको सानेपाबाट बुधबार पक्राउ गरेको हो। शर्मालाई भारतीय प्रहरीको सहयोगमा २०८० असार दोस्रो साता मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। 

भक्तपुरस्थित विशखिर सहकारीका अध्यक्ष रहेका शर्माविरुद्ध १४ अर्ब रूपैयाँभन्दा बढी बचत हिनामिनाको आरोप छ। 

शर्माले भक्तपुरमा सञ्चालित शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई मर्ज गर्दै २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेका थिए। भक्तपुरपछि मोरङमा पनि तुलसी सहकारी संस्था खोलेका थिए । 

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, असोज ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्