Kathmandu Press

डा.बाबुराम भट्टराईले छाडे नेसपाको अध्यक्ष

पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्षबाटा राजीनामा दिएको घोषणा गरे।
डा.बाबुराम भट्टराईले छाडे नेसपाको अध्यक्ष
फाइल तस्बिर।

काठमाडौं, असोज ८ : डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष छाडेका छन्। 

पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्षबाटा राजीनामा दिएको घोषणा गरे।

बैठकमा अध्यक्ष भट्टराईले ‘जेन–जी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन प्रश्तुत गरेका थिए। अहिले उक्त प्रतिवेदनमा छलफल चलिरहेको छ। 

बैठकले मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय लिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ। 

तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए।


 

प्रकाशित मिति: १७:४१ बजे, बुधबार, असोज ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्