Kathmandu Press

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ।
तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

चितवन, असोज ८ : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ। मङ्गलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ।

सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ। लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्ण रुपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए।

सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि मङ्गलबार साँझबाट ठप्प भएको छ। 

सडक रोकिएसँगै ठूलो सङ्ख्यामा सवारीसाधन लाममा छन्। यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन्। मालवाहक सवारीसाधन लाममा छन्।
 
प्रकाशित मिति: १३:२१ बजे, बुधबार, असोज ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्