Kathmandu Press

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने 

हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।
रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्ने 
Hardik ivf

काठमाडौं, असोज ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बुधबार अपरान्ह १ बजेदेखि बैठक बस्न लागेको हो । 

हिजोबाट सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ।

यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए। पार्टी संगठन एवं विभागबारे र केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना रहेको पनि उनले जानकारी दिएका छन् । 
 
प्रकाशित मिति: ०८:०६ बजे, बुधबार, असोज ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्