आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छन् ।
काठमाडौं, असोज ८ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छन् ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राती भने देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)