Kathmandu Press

नक्खु कारागार नजिक आगजनी रोक्न खोजेको हुँ, गलत आरोप लगाइयो : प्रवक्ता झा

‘पोखराका केही घटनाहरुमा केही साथीहरुको तस्विर र भिडियोहरु आयो। सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैं दुई जना वडा सभापतिहरुलाई कारवाही गर्यो,’ उनले भने।
नक्खु कारागार नजिक आगजनी रोक्न खोजेको हुँ, गलत आरोप लगाइयो : प्रवक्ता झा

काठमाडौं, असोज ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको छानविनका लागि सहयोग गर्ने बताएको छ। 

मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन्। 

Hardik ivf

उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरुको तस्विर र भिडियोहरु सार्वजनिकरुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए। 

‘पोखराका केही घटनाहरुमा केही साथीहरुको तस्विर र भिडियोहरु आयो। सैद्धान्तिक निर्णय केन्द्रले गरेको आधारमा कास्की जिल्ला समितिले आफैं दुई जना वडा सभापतिहरुलाई कारवाही गर्यो,’ उनले भने।

उनले अरु पार्टी भने कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको बताए। 

‘तस्बिर आइसक्यो, भिडियो आइसक्यो, प्रमाणीत भईसक्यो, प्रमाणसहित समाचार आइसक्दा पनि अरु पार्टीले आफ्नो कार्यकर्ताको संरक्षण र अपराधिकरणको संरक्षण गरिरहेको छ। राज्यले जुन अनुसन्धान, छानविन गर्दैछ। त्यसलाई सघाउ पुर्याउन तयार छौं। अभियोगहरुका बारेमा छानविन गर्न आग्रह पनि गर्दछौं,’ उनले भने। 

उनले नक्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको पनि बताए। आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको उनले बताए।

उनले आफूमाथि छानबिन गर्न भन्दै भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस्।’ 
 

प्रकाशित मिति: १९:५१ बजे, मंगलबार, असोज ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्