Kathmandu Press

टोपबहादुरलाई केन्द्रीय कारागारबाट डिल्लिबजार सारियो 

रायमाझी गत भदौ २४ गते जेनजीको आन्दोलनपछि सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै भागेका थिए। 
टोपबहादुरलाई केन्द्रीय कारागारबाट डिल्लिबजार सारियो 

काठमाडौं, असोज ७ : भुटानी शरणार्थी प्रकरणका अभियुक्त रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई केन्द्रीय कारागारबाट डिल्लिबजारस्थित सदरखोरमा सारिएको छ। 

रायमाझी गत भदौ २४ गते जेनजीको आन्दोलनपछि सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै भागेका थिए। 

सोमबार साँझ आफैँ कारागार पुगेका रायमाझीलाई मंगलबार डिल्लिबजार कारागारमा सारिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी पुर्पक्षका लागि थुनामा थिए। 

केन्द्रीय कारागार सुन्धाराबाट रायमाझीसँगै तीन हजार ५२३ जना कैदीबन्दी फरार भएका थिए।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्