Kathmandu Press

तुइन खोलामा मंगलबार पनि ठूलो पहिरो खस्यो 

सडक डिभिजन कार्यालय चितवनका अनुसर मंगलबार तुइन खोलामा गएको पहिरो शुक्रबारको भन्दा पनि ठूलो रहेको छ। पहिरो पन्छाउन बुधबार दिनभर लाग्नसक्ने अनुमान गरिएको छ। 
तुइन खोलामा मंगलबार पनि ठूलो पहिरो खस्यो 

काठमाडौं, असोज ७ : तुइन खोलामा मंगलबार पनि ठूलो पहिरो खसेको छ । पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। 

सडक डिभिजन कार्यालय चितवनका अनुसर मंगलबार तुइन खोलामा गएको पहिरो शुक्रबारको भन्दा पनि ठूलो रहेको छ। पहिरो पन्छाउन बुधबार दिनभर लाग्नसक्ने अनुमान गरिएको छ। 

पहिरो पन्छाउने काम भने मंगलबारबाटै सुरु गरिएको छ। पहिोका कारण अहिले दुबै तर्फका सवारी रोकिएको प्रहरीले जनाएको छ। 

प्रहरीले पहिरो खस्ने क्रम नोकिएकले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह समेत गरेको छ।

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्