विद्या बालनको 'सकुन्तला देवी'काे डिजिटल प्रिमियर हुँदै
काठमाडौं, जेठ २ : बलिउड अभिनेत्री विद्या बालनको फिल्म 'सकुन्तला देवी'को डिजिटल प्रिमियर हुने भएको छ।
लकडाउनका कारण फिल्म निर्माताहरु....

काठमाडौं, जेठ २ : बलिउड अभिनेत्री विद्या बालनको फिल्म 'सकुन्तला देवी'को डिजिटल प्रिमियर हुने भएको छ।
लकडाउनका कारण फिल्म निर्माताहरु डिजिटल प्रिमियरको तयारीमा जुटेका छन्। यसको रिलिजि अमेजन प्राइममा हुने जनाएको छ। तर, मिति घोषणा गरिएको छैन।
विद्या बालनले पनि यसको डिजिटल रिलिज हुने लागेको जनाएकी छन्। उनले डिजिटल रिलिजका लागि खुशी लागेको जनाएकी छन्। यस्तो विषम परिस्थितिमा पनि दर्शकलाई ध्यानमा राखेर डिजिटल रिलिज गर्न लागिएको बताएकी छन्।
यो प्रख्यात गणितज्ञ सकुन्तला देवीको जीवनीमा बनेको फिल्म हो। यसमा विद्यासँगै सान्या मल्होत्रा र अमित साधको पनि अभिनय रहेको छ।
यो फिल्मको सुटिन गत वर्ष लन्डनमा भएको थियो।
प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












