पदभार ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले भने– ६ महिनामा केही काम गर्न सकिन्छ, तर कायापलट गर्न सकिन्न
‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन्। तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महसुस हुनेगरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरु हामीले स्थापना गर्नुपर्ने छ,’ उनले भने।
काठमाडौं, असोज ६ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन्।
आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन्।
सोही क्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरु स्थापना गर्नुपर्ने बताए।
‘हुन त ६ महिनाको लागि सञ्चारमन्त्री आएर कुनै कायापलट हुने होइन्। तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले देखिने गरेर र जनतालाई महसुस हुनेगरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरु हामीले स्थापना गर्नुपर्ने छ,’ उनले भने।
यस्तै, उनले खरानी टक्टक्याएर जीवन र धरोहरहरुको पुननिर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए।
‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन, तर घटाउँदै जाने हो । जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ,’ उनले भने, ‘हामी खरानी टक्टक्याएर जीवन र धरोहरको पुननिर्माण गर्नुपर्ने छ।’
राजनीतिक हस्तक्षप भएन भने र नेता र मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रुपमा अगाडि बढ्न सकिने पनि मन्त्री खरेलको भनाई छ।