Kathmandu Press

मन्त्रीहरूको शपथ समारोहमा सभामुख घिमिरे पनि सहभागी

यसअघि प्रधानमन्त्री र तीनमन्त्रीको शपथमा सभामुख घिमिरे गएका थिएनन् । सोमबार शीतल निवासमा आयोजित चार मन्त्रीको शपथ समारोहमा भने घिमिरे पुगेका हुन्। 
मन्त्रीहरूको शपथ समारोहमा सभामुख घिमिरे पनि सहभागी

काठमाडौं, असोज ६ : नवनियुक्त चार मन्त्रीहरूको शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि शितलनिवास पुगेका छन्।

यसअघि प्रधानमन्त्री र तीनमन्त्रीको शपथमा सभामुख घिमिरे गएका थिएनन् । सोमबार शीतल निवासमा आयोजित चार मन्त्रीको शपथ समारोहमा भने घिमिरे पुगेका हुन्। 

सपथ ग्रहण समारोहमा सभामुखसहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायतको उपस्थिति थियो। 

राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारलाई सपथ खुवाएका थिए। 
 
प्रकाशित मिति: १६:५६ बजे, सोमबार, असोज ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्