शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण
मन्त्री पुनले मन्त्रालयमा कुराकानी गर्दै विज्ञहरूलाई बोलाएर कुराकानी गर्ने र विज्ञहरूकै सुझावअनुसार छिटो काम गर्ने प्रतिक्रिया दिएका छन्।विज्ञान, प्रविधि र नवप्रवर्तन र अनुसन्धान नै प्राथमिकतामा रहेको उनले बताए।
काठमडौं, असोज ६ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।
शितल निवासमा पद तथा गोपनियताको शपथ लिएलत्तै मन्त्री पुनले केशर महलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
मन्त्री पुनले मन्त्रालयमा कुराकानी गर्दै विज्ञहरूलाई बोलाएर कुराकानी गर्ने र विज्ञहरूकै सुझावअनुसार छिटो काम गर्ने प्रतिक्रिया दिएका छन्।विज्ञान, प्रविधि र नवप्रवर्तन र अनुसन्धान नै प्राथमिकतामा रहेको उनले बताए।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो।
उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिइसकेका छन् ।
प्रकाशित मिति: १६:३३ बजे, सोमबार, असोज ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार