Kathmandu Press

वसन्तपुरको हनुमानढोकाको दसैं घरमा राखियो जमरा [तस्बिहरू]

नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैं घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो। 
वसन्तपुरको हनुमानढोकाको दसैं घरमा राखियो जमरा [तस्बिहरू]

काठमाडौं, असोज ६ : नेपालीहरूको महान् चाड बडा दसैं आजबाट सुरु भएको छ। यस अवसरमा दसैंको पहिलो दिन सोमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ। 

दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैं घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो। 

दसैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। 

Photo-(10)-1758520850.JPG

Photo-(18)-1758520855.JPG

Photo-(16)-1758520854.JPG

Photo-(8)-1758520849.JPG

Photo-(7)-1758520848.JPG

Photo-(11)-1758520851.JPG

Photo-(12)-1758520852.JPG

Photo-(6)-1758520846.JPG

Photo-(13)-1758520853.JPG

Photo-(9)-1758520850.JPG

Photo-(15)-1758520853.JPG

Photo-(3)-1758520837.JPG

Photo-(5)-1758520840.jpeg

Photo-(6)-1758520842.jpeg

Photo-(4)-1758520840.JPG

Photo-(1)-1758520831.jpeg

Photo-(4)-1758520837.jpeg

Photo-(2)-1758520833.JPG

Photo-(1)-1758520831.JPG

Photo-(2)-1758520832.jpeg

 


 

प्रकाशित मिति: ११:४९ बजे, सोमबार, असोज ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्