Kathmandu Press

रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने

पार्टीले जारी गरेको सूचनामा बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ। बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन्।
रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने

काठमाडौं, असोज ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक मंगलबार बस्ने भएको  छ। बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो। 

पार्टीले जारी गरेको सूचनामा बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ। बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन्।

पार्टीका अनुसार बैठकमा समसामयिक अवस्था र बैठकको औचित्यबारे प्रारम्भिक छलफलपछि, हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूको तर्फबाट प्रस्तुत गरिनेछ। त्यसपछि परिवर्तित राजनीतिक परिवेशमा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गरिने बताइएको छ।

पार्टी संगठन र विभागीय संरचनासम्बन्धी विषयमा पनि चर्चा हुनेछ भने आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले अपनाउने रणनीति तय गर्ने तयारी गरिएको छ।

बैठकमा पार्टीको ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीबारे समेत विस्तृत छलफल हुने र विविध विषयहरूमा आवश्यक निर्णय लिने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
 
प्रकाशित मिति: ११:४३ बजे, सोमबार, असोज ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्