Kathmandu Press

५ नयाँ मन्त्रीहरुको सपथ आज 

आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।
५ नयाँ मन्त्रीहरुको सपथ आज 

काठमाडौं, असोज ६ : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन्। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन्।

अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ।

यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ । 

सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार (आज) हुनेछ ।
 

प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, असोज ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्