जेनजी आन्दोलनको छानविन गर्न न्यायिक जाँचबुझ आयोग गठन
आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।-(13)-1758468437.jpg)
काठमाडौं, असोज ५ : सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार साँझ भएको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए। जसको संयोजकमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की छन्।
यस्तै, सदस्यमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारीलाई छन्। आयोगको कार्यकाल तीन महिना राखिएको छ।
प्रकाशित मिति: २१:१२ बजे, आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
