संविधान दिवसमा राष्ट्रपति कार्यालय गएको विषयमा गुरुङमाथि जेनजीका घाइतेले उठाए प्रश्न
विशेषगरी संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सहभागी भएको विषयमा उनीहरुको प्रश्न छ।-(12)-1758448121.jpg)
काठमाडौं, असोज ५ : संविधान दिवशमा राष्ट्रपति कार्यालय पुगेको बिषयमा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङमाथि जेनजी आन्दोलनका घाइतेहरूले प्रश्न उठाएका छन्।
उनीहरूले गुरुङको गतिविधिलाई लिएर पनि प्रश्न उठाएका छन्। विशेषगरी संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सहभागी भएको विषयमा उनीहरुको प्रश्न छ।
यस्तै, जेनजीको नेता भनेर मन्त्री छनोटका विषयमा जेनजीको भावना स्थापित गराउन नसकेको आरोप पनि गुरुङमाथि लगाइएको छ।
जेनजीका घाइतेहरू आफ्ना कुरा राख्न भन्दै गृहमन्त्रीलाई भेट्न सिंहदरबार जानेक्रममा सिंहदरबार दक्षिण गेटमा रोकिएपछि आक्रामक बनेका थिए। सिंहदरबार प्रवेश नपाएपछि उनीहरू गेटमै धर्ना दिएका थिए।
सिंहदरबार गेटमा नाराबाजी गर्दै धर्ना बसेका उनीहरुलाई पछि प्रहरीले गाडीमा राखेर गृहमन्त्रालय पु¥याएको थियो।
गृहमन्त्रालय परिषरमा सञ्चारकर्मीसँग कुरा गर्दै जेनजी घाइतेहरूले गुरुङसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतमाथि पनि आक्रोश पोखेका छन्।











-ink-1744291933.jpeg)
