जेनजी आन्दोलनका क्रममा कांग्रेसको केन्दसहित ४८ कार्यालय जलेर ध्वस्त
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका ४८ कार्यालय जलाइएको जनाइएको छ।
काठमाडौं, असोज ५ : जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन्।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका ४८ कार्यालय जलाइएको जनाइएको छ।
जसअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन्।
यसैगरी सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँकेका पार्टी कार्यालय पनि जलाइएको छ।
विश्वकर्माका अनुसार बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली कार्यालयमा पनि आगजनीमा परी ध्वस्त बनाइएको छ यता, जिल्ला तथा स्थानीय तहका ९५ नेताको घर जलाइएको कांग्रेसले जनाएको छ।











-ink-1744291933.jpeg)
