Kathmandu Press

नख्खु कारागारबाट भागेका कैदीले गरेको श्रीमतीको हत्या

कारागारबाट भागेका सन्तबहादुर तामाङले घर पुगेर श्रीमतीको हत्या गरेका हुन्। हत्यापछि घरको करेसामा लास गाडेर फरार भएको प्रहरीले जनाएको छ।
नख्खु कारागारबाट भागेका कैदीले गरेको श्रीमतीको हत्या

काभ्रे, असोज ५ : जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एकजना कैदीले श्रीमतीको हत्या गरेका छन्।

कारागारबाट भागेका सन्तबहादुर तामाङले घर पुगेर श्रीमतीको हत्या गरेका हुन्। हत्यापछि घरको करेसामा लास गाडेर फरार भएको प्रहरीले जनाएको छ। 

काभ्रेको पनौती नगरपालिका–१२ कलाँती घर भएका तामाङले बलात्कार मुद्दामा नख्खु कारागारमा कैद भुक्तमन गरिरहेका थिए। 

आफ्नै घरको पछाडी करेसामा लास गाडिएको अवस्थामा तामाङकी श्रीमती ३१ वर्षीया जमुनाको शव फेला परेको छ। 

मृतक जमुना तीन दिनदेखि बेपत्ता भएपछि खोजी गरिएको थियो । फरार तामाङकमे खोजी भइरहेका प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, असोज ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्