ओली प्रधानमन्त्री हुँदा आफू मातहत राखेका विभाग मन्त्रालय मातहत फर्काईंदै
प्रधानमन्त्री कार्यालय मातहत रहेका यी तीनवटा विभागलाई आइतबार बस्ने मन्त्री परिषद्को बैठकले मन्त्रालय मातहत नै राख्ने तयारी गरेको हो।
काठमाडौं, असोज ५ : केपी ओली प्रधानमन्त्री रहेका बेला आफू मातहत राखेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत ल्याउने तयारी गरिएको छ।
प्रधानमन्त्री कार्यालय मातहत रहेका यी तीनवटा विभागलाई आइतबार बस्ने मन्त्री परिषद्को बैठकले मन्त्रालय मातहत नै राख्ने तयारी गरेको हो।
राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालयमातहत ल्याउने तयारी रहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई पुनः अर्थ मन्त्रालय मातहत नै राख्ने तयारी छ।
यसअघि ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप यी विभागहरूलाई आफूमातहत ल्याएका थिए।
प्रकाशित मिति: १३:५१ बजे, आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












