विज्ञान तथा प्रविधि मन्त्री बन्न महावीर पुन लचिलो, डा. भगवान कोइरालालाई मनाउने प्रयास जारी
मन्त्रिपरिषद स्रोतले जनाए अनुसार पुन मन्त्री बन्नका लागि लचिलो बनेका हुन्। उनले शिक्षा मन्त्रालय अलग गरेर विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्न तयार रहेको जनाइएको छ।
काठमाडौं, असोज ५ : अन्तरिम सरकारको मन्त्री बन्न आविष्कार केन्द्रमार्फत काम गरिरहेका सामाजिक अभियन्ता महावीर पुन लचिलो बनेका छन् । यसअघि पुनले मन्त्री बन्न अस्वीकार गरेका थिए।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्न आग्रह गरेकी छन्।
मन्त्रिपरिषद स्रोतले जनाए अनुसार पुन मन्त्री बन्नका लागि लचिलो बनेका हुन्। उनले शिक्षा मन्त्रालय अलग गरेर विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी समाल्न तयार रहेको जनाइएको छ।
अहिले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय एउटै छन्। पुनसँगै स्वास्थ्यमन्त्रीका लागि डा.भगवान कोइरालालाई मनाउने प्रयास भइरहेको छ। डा.सन्दुक रुइतले अस्विकार गरेपछि कोइरालालाई मनाउने प्रयास भए पनि आफु इच्छुक नरहेको बताउँदै आएका छन्।
डा.कोइरालालाई मन्त्री बनाउन प्रधानमन्त्री कार्कीसँगै अन्य विभिन्न च्यानलबाट पनि कुराकानी चलिरहेको जनाइएको छ।
कार्कीले जेनजीको समेत प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषदलाई पूर्णता दिने प्रयास गरेकी छन्। एक दुई दिमै मन्त्रिपषिदले पूर्णता दिने तयारी छ।











-ink-1744291933.jpeg)
