Kathmandu Press

हिंसात्मक घटनाको छानविनका लागि न्यायिक जाँचबुझ आयोगको तयारी 

आयोगको अध्यक्षका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरु बलराम केसी, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नाम चर्चामा छ। 
हिंसात्मक घटनाको छानविनका लागि न्यायिक जाँचबुझ आयोगको तयारी 

काठमाडौं, असोज ५ : सरकारले जेनजी आन्दोलनमा भएको हत्या, दमन र विध्वंसको जाँचबुझका लागि न्यायिक आयोग बनाउने तयारी गरेको छ।

न्यायिक जाँचबुझ आयोगका लागि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने संभावना रहेको छ। 

पूर्व न्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग बनाउने तयारी छ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। 

आयोगको अध्यक्षका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरु बलराम केसी, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नाम चर्चामा छ। 
 
प्रकाशित मिति: १३:०७ बजे, आइतबार, असोज ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्