Kathmandu Press

चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह

प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गर्दै तत्काल फिर्ता गर्न आग्रह गरेको हो । 
चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह

काठमाडौं, असोज ५ : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा चोरी भएका विभिन्न सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ।

प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गर्दै तत्काल फिर्ता गर्न आग्रह गरेको हो । 

यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ।

उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको छ।

मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री, मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ  अन्यथा मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ।
 
प्रकाशित मिति: ०८:०९ बजे, आइतबार, असोज ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्