Kathmandu Press

नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक 

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । 
नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक 

काठमाडौँ, असोज ५ : जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। 

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो। 

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ।

प्रकाशित मिति: ०७:४५ बजे, आइतबार, असोज ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्