Kathmandu Press

शुक्रबार साँझदेखि ठप्प मुग्लिन–नारायणगढमा पहिरो हटाउन थालियो 

आइतबार बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६ः ३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो । 
शुक्रबार साँझदेखि ठप्प मुग्लिन–नारायणगढमा पहिरो हटाउन थालियो 
Hardik ivf

चितवन, असोज ५ : शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

आइतबार बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६ः ३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो । 

यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ । 

प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, असोज ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्